काठमाडौं, असोज ५ :

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि कानुनमा  संशोधन गर्न सरकारलाई प्रस्ताव गरेको छ । आयोगले मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न ध्यानाकर्षण गराएको छ ।

आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । सरकारले  अब आयोगले चाहेको अवस्थामा अध्यादेशमार्फत मतदाता नामावली खोलाउन ऐन संशोधन गर्ने सम्भावना छ ।

१८ वर्ष उमेर पुगेका युवाहरु धेरै भएकाले उनीहरुको नाम नछुटाउन पुन मतदाता नामावली संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने तयारी भइरहेको छ ।  चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने ऐनमा व्यवस्था छ ।जेनजीहरुको माग बमोजिम युवा र विदेशमा रहेकाहरुलाई पनि मतदानको व्यवस्था गर्न लागिएको हो ।