शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

इटहरीमा बिजुलीबाट चल्ने ४ वटा बस संचालनमा

· बुधबार, ३ असोज, २०८१ मा प्रकाशित
इटहरीमा बिजुलीबाट चल्ने ४ वटा बस संचालनमा
सुनसरी, असोज ३ :

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकाले विजुलीबाट चल्ने बस सेवा शुरु गरेको छ। 

 नगरवासीको सुविधाका लागि भन्दै उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बस चलाउन शुरु गरेको हो ।

नगरको शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा यात्रुलाई सर्वसुलभ सेवा दिन इटहरी उपमहानगरपालिकाले यी बसहरु खरिद गरेका हुन ।

 टेण्डरमार्फत खरिद गरिएका यी बसको मुल्य ६ करोड रुपैँयामा चाइनावाट झिकाइको हो । 


नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

 सडक सञ्जाल विस्तार भएपनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार