काठमाडौं, असोज ५ :

सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार  बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो ।

आयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। आयोगको कार्यअवधि तीन महिना तोकिएको छ ।