
काठमाडौं, असोज ६ :
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भोलि मङ्गलबार बिहान बस्ने गरी केन्द्रीय समितिको बैठक डाकेको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्न,परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।
प्रवक्ता मनिष झाले सो बैठकमा पार्टी सङ्गठन एवं विभाग, समसामयिक अवस्था, प्रदेश सभापतिहरूकातर्फबाट प्रदेश बैठकबाट प्राप्त विवरण प्रस्तुत, महाधिवेशन र समसामयिक अवस्था एवं बैठकबारे छलफल हुने जानकारी दिए ।