मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
समाचार प्रदेश बागमती प्रदेश

हेटौंडामा तीन सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ असोज, २०८२ मा प्रकाशित
हेटौंडामा तीन सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
हेटौंडा, असोज ६ :

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् ।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारको लागि हेटौँडास्थित हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार