चितवन, असोज ६ :
गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फि सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो । आज बिहान देखि एक तर्फि रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो ।
अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै