
प्रतीकात्मकर तस्बिर ।
विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। रकम लेनदेनको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गरेका हुन् ।
भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ।
श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए। रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक हजार अहिले दिन नसक्ने बताएपछि विवाद भएको थियो।
रागिनीको न्यूरो अस्पताल उपचार भइराखेको छ। रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। विराटनगरले फरार रहेका पीडक श्रवण साहको खोजी भइरहेको जानकारी दिएको छ।