
काठमाडौं, असोज ७ :
काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिका छनोट गरी एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिए ।
विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई मापदण्डका आधारमा महानगरले सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराएको छ । एम्बुलेन्स वितरणमा सातै प्रदेशलाई समावेश गरिएको छ । महानगरले पिछडिएका स्थानका जनतामा स्वास्थ्य सुविधाको अभाव हुन नदिन एम्बुलेन्स वितरण गरेको हो।