मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर #एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर
समाचार प्रदेश बागमती प्रदेश

तुइनखोलामा फेरि ठुलो पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक पूर्ण अवरुद्ध[भिडियोसहित]

लगातार पहिरो खसिरहेकाले पन्छाउनसमेत कठिनाइ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
तुइनखोलामा फेरि ठुलो पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक पूर्ण अवरुद्ध[भिडियोसहित]
चितवन, असोज ७ :

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा मं‌गलबार दिउँसो ३:२० बजे ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार निरन्तर पहिरो खसिरहेकाले सडक नै भासिने जोखिम रहेको छ। सवारीसाधनलाई फिर्ता पठाएर वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। ठूलो सुख्खा पहिरो लगातार खसिरहेकाले पन्छाउनसमेत कठिनाइ भएको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार साँझ ६ बजेबाट नै सो क्षेत्रमा पहिरो खस्ने क्रम सुरु भएको थियो। बीचमा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि मंगलबार फेरि पहिरो खसेको हो। 

स्थिति जटिल बन्दै गएपछि सडक विभागले काठमाडौंबाट बाहिरिने वा काठमाडौं प्रवेश गर्ने यात्रुहरूलाई तीन वटा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार