नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा मंगलबार दिउँसो ३:२० बजे ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार निरन्तर पहिरो खसिरहेकाले सडक नै भासिने जोखिम रहेको छ। सवारीसाधनलाई फिर्ता पठाएर वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। ठूलो सुख्खा पहिरो लगातार खसिरहेकाले पन्छाउनसमेत कठिनाइ भएको प्रहरीले जनाएको छ।
यसअघि शुक्रबार साँझ ६ बजेबाट नै सो क्षेत्रमा पहिरो खस्ने क्रम सुरु भएको थियो। बीचमा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि मंगलबार फेरि पहिरो खसेको हो।
स्थिति जटिल बन्दै गएपछि सडक विभागले काठमाडौंबाट बाहिरिने वा काठमाडौं प्रवेश गर्ने यात्रुहरूलाई तीन वटा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।