सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

शिक्षामन्त्री पुन मन्त्रालयमै सुत्ने, कार्यकक्ष र शयनकक्ष एउटै तलामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
शिक्षामन्त्री पुन मन्त्रालयमै सुत्ने, कार्यकक्ष र शयनकक्ष एउटै तलामा
काठमाडौं, असोज ७ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मन्त्रालयमै सुत्ने व्यवस्था मिलाइएको छ। मन्त्रीको कार्यकक्ष नजिकै खाना पकाउने र सुत्ने कोठा तयार पारिएको छ ।

मन्त्री पुनले पदभार ग्रहणका क्रममा आफू जहाँ काम गर्ने, त्यहीँ बस्ने इच्छा व्यक्त गरेका थिए ।उनको इच्छा अनुरुप कार्यकक्ष नजिकै छुट्टै कोठा तयार पारिएको छ। कार्यकक्ष र सुत्ने कोठा भने एउटै तलामा राखिएको छ । मन्त्री पुनले खाना समेत आफैं पकाउने भनेपछि सहयोगीलाई फिर्ता पठाइएको छ।

स्पष्ट बोल्ने पुनले ६ महिनाभन्दा एक दिन पनि मन्त्रीमा नबस्ने बताएका छन् । किताव बेच्दै विभिन्न जिल्लामा पुगेका पुनलाई मन्त्री बन्न पटकपटक प्रस्ताव गरेपछि करबलले स्वीकारेर आएका हुन् ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालय जलेपछि अहिले सबै कामकाज केशर पुस्तकालयको भवनबाट भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार