काठमाडौं, असोज ९ :

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव पेस गरेका छन् ।

बैठकमा अध्यक्षको प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्दै विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ। अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने पनि निर्णय भएको छ ।
साथै बैठकमा फागुन २१ गते हुने आम निर्वाचन ,पार्टी एकता  तथा राहत तथा पुनर्निर्माण लगायतका एजेन्डामा समेत बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।