काठमाडौं, असोज ९ :

नवीन न्यौपाने महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीनको सहायकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ ।

पूर्व राष्ट्रिय खेलाडी नवीनले यसअघि पुरुष टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । उनले सन् २०२६ को साफ वुमेन्स च्याम्पियनसिपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहनेछन् ।