शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामको प्रयास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ असोज, २०८२ मा प्रकाशित
कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
काठमाडौं, असोज ९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस-रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१–४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीनवटै मन्त्रालयमा गुनासो [email protected] पठाउन सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार