
काठमाडौं, असोज ९ :
प्रधानमन्त्री सुशीला कार्कीले अहिले राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् । प्रधानमन्त्री कार्कीले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको यो पहिलो हो ।
पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।