मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल #प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल
राजनीति प्रदेश बागमती प्रदेश

अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्छ : महामन्त्री शर्मा

निर्धारित मितिमै निर्वाचन हुनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ असोज, २०८२ मा प्रकाशित
अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्छ : महामन्त्री शर्मा
मकवानपुर, असोज ११ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै निर्वाचन हुनुपर्ने बताए ।

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ’, महामन्त्री शर्माले भने, ‘यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’

प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरूलाई मन्त्री बनाइए पनि जेनजी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेनजी युवा पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिए ।

जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए । ‘हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि कांग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ’, उनले भने,‘पार्टी सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका सन्दर्भमा पनि भिडियोकै आधारमा आम धारणा बनाउन हुँदैन । यस विषयमा निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार