शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ओलीलाई मार्गप्रशस्त गर्न दबाब, नेताहरु दुई धारमा विभाजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
ओलीलाई मार्गप्रशस्त गर्न दबाब, नेताहरु दुई धारमा विभाजित
काठमाडौं, असोज १२ :

नेकपा एमालेको सचिवालय बैठक जारी छ। भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको डेरामा दिउँसो १ बजेदेखि जारी बैठकमा नेताहरू अध्यक्ष ओलीको राजीनामा माग गर्दै दुई धारमा विभाजित भएका छन्।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि सत्ताबाट बाहिरिनु परेका ओलीमाथि पार्टी नेतृत्वबाट पनि पद त्याग्न दबाब बढेको हो। एमाले सचिवालयका एक नेताका अनुसार सात जनाभन्दा बढी पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

उनीहरूले ओलीले मार्गप्रशस्त गरेर कार्यवाहक नेतृत्वमार्फत पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने धारणा राखेका छन्। बैठकमा अर्ली महाधिवेशनको प्रस्तावसमेत उठेको छ, जसअन्तर्गत दोस्रो र तेस्रो पुस्ता तथा युवा नेताहरूलाई नेतृत्वमा ल्याउने बहस तीव्र बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार