मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

एमाले सचिवालय बैठक : वर्तमान सरकारले राजनीतिक दलसँग कुनै समन्वय नगरी निषेध गर्न खोज्यो

ओलीलगायत पाँच जनामाथि विदेश जान नपाउने गरी गरेको निर्णयप्रति आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक : वर्तमान सरकारले राजनीतिक दलसँग कुनै समन्वय नगरी निषेध गर्न खोज्यो
भक्तपुर, असोज १२ :

नेकपा एमालेले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज गुन्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए।

यस्तै, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको ज्ञवालीले जानकारी दिए ।

एमालेले  दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७-२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार