बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

प्रहरीका चार डीआइजी एआईजीमा बढुवा सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
प्रहरीका चार डीआइजी एआईजीमा बढुवा सिफारिस
काठमाडौं, असोज १२ :

नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डीआइजीलाई एआईजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार