आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

आर्यतारा शाक्य बनिन् नयाँ कुमारी, तृष्णा शाक्यको सम्मानपूर्वक बिदाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
आर्यतारा शाक्य बनिन् नयाँ कुमारी, तृष्णा शाक्यको सम्मानपूर्वक बिदाई
काठमाडौं, असोज १४ :

काठमाडौंको इटुम्बहाल निवासी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई मंगलबार विधिवत् रूपमा नयाँ जीवित देवी (कुमारी) का रूपमा अभिषेक गरिएको छ।

बसन्तपुरस्थित ऐतिहासिक कुमारी घरमा शुभसाइतमा विशेष पूजाआर्जासहित आर्यतारालाई कुमारी आसनमा अभिषेक गरिएको हो। निर्धारित धार्मिक परम्परा र कडाईका साथ पालना गरिने कुमारी चयन प्रक्रिया पूरा गरेपछि उनलाई नयाँ कुमारीका रूपमा नियुक्त गरिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

त्यसै दिन, यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित सम्मानपूर्वक बिदाई गरियो। बिदाई समारोहमा उनलाई विभिन्न सांस्कृतिक विधिअनुसार सम्मानपूर्वक परिवारको घरसम्म पुर्‍याइएको थियो।

हिन्दू तथा बौद्ध परम्पराअनुसार कुमारीलाई देवी महालक्ष्मीको प्रतिरूपका रूपमा पूजाआजा गरिन्छ। विशेषगरी दरबार क्षेत्रका विभिन्न राजकीय तथा सांस्कृतिक चाडपर्वहरूमा कुमारीको उपस्थिति अनिवार्य मानिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार