चितवन, असोज १४ :
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको पहिरो पन्छाइएको छ। मंगलबार साँझ साढे ७ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाएर राति ८:३० बजेदेखि सडकमा पुनः सवारी आवागमन सुरु गरिएको हो।
पहिरो खसेको जानकारी प्राप्त भएपछि सडक डिभिजन भरतपुरको प्राविधिक टोली तत्कालै डोजर र अन्य उपकरणसहित घटनास्थलमा खटिएको थियो। लगातारको वर्षाका कारण पहिरो पन्छाउन केही समय लागेको बताइएको छ।
तुइनखोलामा फेरि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
सडक सञ्चालनमा आए पनि यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र मौसमको अवस्था हेरि मात्र सडक प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
तुइनखोलाको पहिरोका कारण केही दिन यता नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध भएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै