मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार विदेश

भारत पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५१ पुग्यो

· बुधबार, १७ साउन, २०८१ मा प्रकाशित
भारत पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५१ पुग्यो

नयाँदिल्ली, साउन १६: भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।

त्यस्तै १२० जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थियो । भारी वर्षाको बिचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ ।

भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २ सय २५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकोप्टर परिचालन गरिएको समाचार छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपियाँ लगभग दुई हजार ३ सय ८९ अमेरिकी डलर र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपियाँ करिब ५ सय ९७ डलर क्षतिपूर्ति दिने घोषणा गरेको छ ।।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार