मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

विजया दशमीको टीकाको शुभ साइत ११:५३ मा

टीका कता फर्किएर लगाउने ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
विजया दशमीको टीकाको शुभ साइत ११:५३ मा
काठमाडौं, असोज १६ :

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन विजयादशमी। गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर मनाइँदै छ ।टीकाको साइत आज बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । जसअनुसार टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।

ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९:२३ बजे रहेको छ। आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

आजै अपराह्न १२:१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १:४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरेको सूचनामा यस वर्षको दसैँमा देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्मको सबैजसो धार्मिक कर्मकाण्ड शुभ साइतमा गर्न सकिने जनाइएको छ ।

दसैँको टीका कता फर्किएर लगाउने ?

दसैँको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ । कोही-कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन् । तर दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दसैँको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार