मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार

विजयादशमीमा टीका लगाइदिँदा आशीर्वाद दिने मन्त्र र अर्थ थाहा छ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
विजयादशमीमा टीका लगाइदिँदा आशीर्वाद दिने मन्त्र र अर्थ थाहा छ ?
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, असोज १६ :

हिन्दु धर्ममा मनाइने विविध चाडपर्वहरूमा गरिने पूजाआजा, अनुष्ठान र धार्मिक विधिहरूमा प्रयोग गरिने मन्त्रहरू पर्वको प्रकृति, उद्देश्य र देवताको आधारमा फरक–फरक हुने गरेका छन्।

विशेषतः दसैँको प्रमुख दिन विजयादशमीमा प्रयोग गरिने मन्त्रहरू अन्य चाडपर्वका मन्त्रहरूभन्दा भिन्न रहेको छ।दशैँ पर्व विशेषगरी दुर्गा देवीको शक्तिको आराधनासँग सम्बन्धित भएकाले यस पर्वमा दुर्गा सप्तशती, देवी स्तुति र शक्ति सम्बद्ध मन्त्रहरू प्रयोग गरिन्छ। विजयादशमीको दिन टीका जमरा  लगाउने क्रममा विशेष मन्त्र उच्चारण गरिन्छ ।  निम्न मन्त्रले आशीर्वाद दिइन्छ ।

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

मन्त्रहरूको प्रभाव न केवल धार्मिक विश्वासमा आधारित छ, तर संस्कृत भाषाको ध्वनि–ऊर्जा तथा ध्यानमा समेत यसको महत्त्व रहन्छ। नेपालजस्तो बहु–संस्कृतिक समाजमा यस्ता धार्मिक विविधताले सांस्कृतिक समृद्धिमा योगदान पुर्‍याउने धर्मशास्त्रीहरूको भनाइ छ।यसरी, हिन्दू धर्ममा प्रत्येक चाडपर्वको मौलिकता अनुसार मन्त्रहरूको चयन र प्रयोग गरिनु धार्मिक परम्पराको महत्वपूर्ण अंग हो। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भिड लाग्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार