बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै

काठमाडौं उपत्यकामा रहेका परिवारलाई भेट्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मृतकका परिवारलाई भेट्दै
काठमाडौं, असोज १६ :

प्रधानमन्त्री सुशीला कार्कीले बडादसैैको टीका नलगाएर जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्दैछिन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

जेनजी आन्दोलनमा मारिएका सहिदहरुको सम्झनामा उनले यस वर्षको दसैंको टीका लगाइनन् । साथै सर्वसाधारलाई पनि टीका नलगाउने घोषणा गरेकी छिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार