बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

रावणको तीन वटा प्रतिमा दहन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १७ असोज, २०८२ मा प्रकाशित
रावणको तीन वटा प्रतिमा दहन
काठमाडौं, असोज १७ :

असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला प्रतिमा दहन गरिएको छ ।  

रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर दहन गरिने जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।

यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर १ मा अवस्थित वरुण सरोवरको पूर्वी उत्तरी डीलमा विशाल काया भएको रावणका ५१ फिट अग्ला तीन वटा प्रतिमाहरु निर्माण गरिएको दुर्गा पूजा समिति जलेश्वरका अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

ती प्रतिमा भारतको मुज्जफरपुरबाट आएका सातजना कलाकारहरुको टोलीले २० दिन लगाएर निर्माण गरेका थिए । प्रतिमा निर्माणमा बाँस, रंगिचंगी पताका तथा विष्फोटक पदार्थ प्रयोग गरिएको दुर्गा पुजा समितिले जनाएको छ ।

बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मदतबाट निर्माण गरिएको रावणको पुतलामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रर्दशन गरिएको थियो ।

रावणको प्रतिमा बनाउँदा टाउको, शरीर तथा खुट्टागरी तीन भागमा बनाइएको थियो । मर्यादा पुरूषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले तीर धनुषबाट तीर रावणको नाभीमा हानेपछि रावणको पुतला दहन गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार