सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्न सकिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० असोज, २०८२ मा प्रकाशित
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं, असोज २० :

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको सोमबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो।

कार्यतालिका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ। दल दर्ताका लागि इच्छुक सरोकारवालाले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ।

पहिलो हुने निर्वाचित प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना हुनेछ। समानुपातिकतर्फको बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ तोकिएको छ।

निर्वाचन प्रचारप्रसारको समय फागुन ३ देखि १८ गतेसम्म निर्धारण गरिएको छ। त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

आयोगले निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचनका लागि राजनीतिक दल तथा सरोकारवालासँग समय–समयमा समन्वय र छलफल गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार