बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

विपिन जोशी जीवित रहेको भिडियो आज सार्वजनिक गरिँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ असोज, २०८२ मा प्रकाशित
विपिन जोशी जीवित रहेको भिडियो आज सार्वजनिक गरिँदै
काठमाडौं, असोज २२ :

प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेको प्रमाण स्वरूपको भिडियो आज  सार्वजनिक गरिने भएको छ।

जोशी परिवारले बुधबार जारी गरेको विज्ञप्तिमा गाजाबाट प्राप्त उक्त भिडियोले विपिन जीवित रहेको विश्वास दिलाएको उल्लेख गरिएको छ।

इजरायली गुप्तचर निकायले भिडियो प्राप्त गरेको पुष्टि इजरायली होस्टेज फ्यामिली फोरमले गरेको हो।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलको किब्बुत्ज अलुमिममा आक्रमण गर्दा जोशीसहित अन्य नेपालीहरू अपहरणमा परेका थिए। विपिन कृषि तालिमका लागि आक्रमण हुनु तीन साता अघि मात्रै इजरायल गएका थिए।

वाल स्ट्रिट जर्नलको अनुसार, आक्रमणको बेला जोशीले ग्रिनेड समातेर बाहिर फ्याँक्दै आफ्ना साथीसाथीको ज्यान जोगाएका थिए।द जेरुसेलम पोस्टले पनि जोशीको परिवारद्वारा भिडिओ सार्वजनिक गरिने र उक्त प्रमाणले उनी जीवित रहेको पुष्टि गर्ने उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार