बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन

निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन
काठमाडौं, असोज २३ :

आजको ठिक एक महिनाअघी जेनजी आन्दोलनमा ज्यान गुमाइकाहरुको सम्झनामा बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।

गत भदौ २३ गतेको जेन–जी आन्दोलन र त्यसको भोलिपल्ट भएको प्रदर्शनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।  मृतकका परिवारजन, शुभेच्छुक र अभियन्ताहरूले आन्दोलनको एक महिना पुगेको अवसरमा मैनबत्ती बालेर मृत आत्माहरूको चीर शान्तिको कामना गरे। सहभागीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग समेत गरेका छन्। सबैभन्दा बढी संसद् भवन अगाडि नै धेरै सहिद भएका थिए ।

त्यस दिन सरकारले बल प्रयोग गरेपछि स्थिति झनै चर्किएको थियो।  हिंसात्मक घटनामा परी अहिलेसम्म ७५ जनाको मृत्यु भएको पुष्टि भएको छ। जेन–जीको अगुवाइमा भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन भएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार