काठमाडौं, असोज २४ :

पूर्वगृहमन्त्री रमेश लेखकले सरकार, जाँचबुझ आयोग र राजनीतिक दलहरूलाई कानुनी शासनको मान्यताभित्र रहेर मात्र काम अघि बढाउन आग्रह गरेका छन्।

असोज २३ गते भएको प्रदर्शनपछिको राजीनामासँगै सार्वजनिक रूपमै नदेखिएका लेखक शुक्रबार पहिलो पटक मिडियामा देखा परे।  उनले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक प्रक्रियाको पालन गर्दै निष्पक्ष र पूर्वाग्रहविहीन रूपमा काम गर्न सबै पक्षलाई सुझाव दिए।

‘२३ र २४ गतेका घटनाबारे छानबिनका लागि आयोग गठन भइसकेको छ। उनले भने, ‘म अहिले केवल यति आग्रह गर्न चाहन्छु- सरकार, आयोग र राजनीतिक दलहरूले संविधान र कानुन अनुसार, लोकतान्त्रिक पद्धतिभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।’

उनको भनाइमा कानुनी शासनको अभ्यासमार्फत मात्र सही निष्कर्षमा पुग्न सकिन्छ। ‘सबै पक्ष कानुनी शासनको मान्यताभित्र बसेर काम गरेमा मात्रै देश ठिक दिशा तर्फ अघि बढ्छ,’ लेखकले जोड दिए। लेखकलाई मातृशोक परेको हुँदा उनी बारेर बसेका थिए ।