बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ असोज, २०८२ मा प्रकाशित
रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ
रौतहट, असोज २५ :

शिक्षक नियुक्तिमा आर्थिक लेनदेन गरेको आरोपमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र घुस लिन सहकार्य गरेको बिचौलिया अरविन्द प्रकाश साहलाई नियन्त्रणमा लिइएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, विद्यालयले शिक्षक आवश्यकतासम्बन्धी खुला विज्ञापन गरेपछि दरखास्त दिएका एक सेवाग्राहीसँग नियुक्ति दिलाइदिने प्रलोभनमा घुस लिइएको थियो। प्रधानाध्यापक सञ्जयले सो रकम बिचौलिया अरविन्दमार्फत संकलन गरेका थिए।

दुवैजनालाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउका बेला उनीहरूबाट ४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार