झापा, असोज २६ :

जेनजी प्रदर्शनका क्रममा हराएको ३०३ राइफल दमकमा फेला परेको छ । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको हो ।

फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।