शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

२५ करोड नगदसहित टोखाबाट पक्राउ परेका फुच्चे भनिने कुसाङ लामा पनि कारागारबाट फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ असोज, २०८२ मा प्रकाशित
२५ करोड नगदसहित टोखाबाट पक्राउ परेका फुच्चे भनिने कुसाङ लामा पनि कारागारबाट फरार
काठमाडौं, असोज २७ :

टोखामा २५ करोड नगदसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका थिए ।कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो ।

 उक्त सूचीमा लामाको नाम पनि समावेश छ । गत  भदौ २४ को राति फरार भएका लामा एक महिना बित्दा पनि कारागार फर्केका छन्  ।

२०८१ चैत ४ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार