
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए । उनले गरिब किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे ।
अध्यक्ष दंगालले भने, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ । र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सिर्जना गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं ।’ प्रदर्शनीमा सरकारविरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो ।
