
काठमाडौं, असोज २९ :
आईसीसी टी–२० विश्व कप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
ओमानलाई हराए नेपाल टी- २० विश्व कपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई र कतारलाई पराजित गरिसकेको छ ।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्व कपका लागि छनोट हुनेछ।
नेपाल टी–२० मा छनोट हुने अवसरको रूपमा आजको खेललाई लिइएको छ ।