बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
जनकपुर, असोज २९ :

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा आजै मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गरेका थिए ।

त्यसो त काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । उनले जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको जनाउदै दाबी पेस गरेकोमा जनमतले त्यसलाई खण्डन गरेको थियो ।

 त्यसपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै मुख्यमन्त्री नियुक्ति भएको जनाएको थियो । मुख्यमन्त्री नियुक्तिलाई लिएर दुवै पक्ष मधेश प्रदेश प्रमुख कार्यालयमा पुगेपछि तनावसमेत भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार