दोहा, असोज ५ :

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो ।

विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो ।