मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

शान्ति सुरक्षाको अवस्था भंग भएको छ : ओली

पत्रकारहरु समेत असुरक्षित छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २ कात्तिक, २०८२ मा प्रकाशित
शान्ति सुरक्षाको अवस्था भंग भएको छ : ओली
काठमाडौं, कात्तिक २ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताएका छन् । आइतबार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्री हुदाँ सुरक्षा व्यवस्था कायम भएपनि हाल भंग भएको दाबी गरे । 

देशमा त्रासदीको वातावरण सिर्जना भएको उनको भनाइ छ । उनले हाल देश भताभुङ्ग भएको, अस्थिरता र अनिश्चयमा गएको बताए  । आफूले देश विकास र सार्वभौम सत्ताको संरक्षण गरेर अघि बढिरहेको उनको दाबी थियो । उनले देश, जनता र मानवजातीप्रति आफ्नो सधैँ बफदारिता रहने बताए । 

उनले हाल पत्रकारहरु समेत असुरक्षित रहेको बताए । उनले पत्रकारहरु लेखेकै आधारमा डराएर हिड्नुपर्ने, त्रसित भएर बस्नुपर्ने अवस्था आफु प्रधानमन्त्री हुँदा नरहेको पनि दाबी गरे । 

उनले भने, ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरु कसैले अघि मैले लेखेको लेखको बापतमा, विषयमा हमला गर्लाकी भनेर पल्याकपुलुक हेरेर हिँड्नुपर्ने, डराउँदै हिँड्नुपर्ने, लेख्नुभन्दा अगाडी सेल्फ सेन्सरसीप गर्नुपर्ने, आफुले आफैलाई रिट्रिक्सन गर्नुपर्ने, त्रसित भावले गाईडेड हुने अवस्था थिएन भन्ने म दाबी गर्छु । अहिले साथीहरुलाई फेरि म सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ । किनभने त्रास छ नि मनमा । के भनेको हो मेरो बौद्धिकताले अलिकति भ्याउदिन । यो के भनेको हो ? शान्ति सुव्यवस्था थियो भंग भएको छ । निर्धक्कको वातावरण थियो त्रासदी भएको छ । देश विकासको बाटोमा अगाडी वढ्दै थियो, सार्वभौम सत्ताको संरक्षण गरेर अगाडी बढ्दै थियो, त्यो भताभुङ्ग भएको छ । अस्थिरतामा गएको छ । अनिश्चयमा गएको छ । कसैलाई मन परेपनि नपरेपनि यस देशप्रति मेरो बफादारिता छ । यस देशका जनताप्रति मेरो बफादारिता छ । मानव जातीप्रति मेरो बफादारिता छ ।’

उनले देशमा समृद्धि, समानता, शान्ति सुव्यवस्था विश्वसनिय ढंगले स्थापना हुनुपर्नेमा जोड दिए । सबैले आफ्नो जीउधन, अधिकार, सम्पत्तिको रक्षा पाउने र सुरक्षाको प्रत्याभुति हरेक मानिसमा हुनुपर्ने उनको भनाई छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार