
विपिन जोशीको शव काठमाडौंबाट अन्तिम बिदाइ गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला कञ्चनपुर लगिएको छ।
सोमबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको उनको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्।
यसैगरी मन्त्रीहरु र विशिष्ठ व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेपछि हेलिकप्टरमार्फत शव कञ्चनपुर लगिएको हो।विपिनलाई श्रद्धाञ्जली दिन उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, आफन्तलगायत उपस्थित भएका थिए। उनको आजै कञ्चनपुरमा दाहसंस्कार गरिने भएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।