
प्रतीकात्मक तस्बिर ।
भक्तपुर, कात्तिक ४ :
भक्तपुर प्रहरीले सोमबार राति कौडा खेलिरहेको अवस्थामा २७ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–४ स्थित बुलुचा टोलमा सञ्चालित जुवाखालमा विशेष सुराकीका आधारमा छापा मारिएको थियो। ९ लाख २३ हजार रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुका अनुसार जुवाखालमा ठूलो संख्यामा मानिस जम्मा भएको सूचना पाएपछि प्रहरीले अप्रेसन चलाएको थियो।
पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।