
नेकपा एमालेका अध्यक्ष ओलीका लागि भक्तपुरको गुण्डुमा आवास निर्माणको तयारी भइरहेको एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको जानकारीदिएका छन् ।
ओलीका लागि ओलीकुटी निर्माणको लागि गुण्डुबासीले सङ्कल्प समेत गरेको उनको भनाइ छ ।स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् भन्दै उनले ओलीकुटी निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिएका छन् ।
कुटी कस्तो देखिन सक्छ ? भनेर फोटो सङ्कलन सुरु भइसकेको र देशभरबाट सुझाव र समर्थन आइरहेको सामाजिक सञ्जालमार्फत बस्नेतले जनाएका छन् ।
निर्माण हुने घरका केही नमुनाहरू समेत बस्नेतले सार्वजनिक गरेका छन् । ओलीले बालकोट स्थित निवास मरणोपरान्त राज्यलाई दिइसकेका छन् । ओलीको बालकोट स्थित निवास भदौ २४ गतेको आन्दोलनमा जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्की गुण्डु गएका थिए । अब ओली गुण्डुमै बस्ने भएका छन् ।