आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सांसद बोलिरहँदा गृहमन्त्री गुरुङ उठेर हिँडेपछि विपक्षीको नियमापत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० भदौ, २०८३ मा प्रकाशित
सांसद बोलिरहँदा गृहमन्त्री गुरुङ उठेर हिँडेपछि विपक्षीको नियमापत्ति
काठमाडौं, भदौ ३० :

सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको विषयमा विपक्षी दलका सांसदहरुले नियमापत्ति जनाएका छन् । यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने भन्दै आपत्ति जनाए ।नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाउँदै  सभामुख डोलप्रसादको ध्यानाकर्षण गराए ।

मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेकपा सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि यसअघि यसैगरी बैठक चलिरहेको समयमा सरासर भित्र पसेर नियमको उल्लंघन गरेका थिए । नियमावलीको नियम २० मा  कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने पनि नियम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार