आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति खेलकुद

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय मातहतका सबै बैठक लाइभ गर्ने

२८ वर्षीय गुप्ता नेपालकै कान्छा मन्त्री
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ९ कात्तिक, २०८२ मा प्रकाशित
खेलकुदमन्त्री  गुप्ताको पहिलो निर्णय : मन्त्रालय मातहतका सबै  बैठक लाइभ गर्ने
काठमाडौं, कात्तिक ९ :

 नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् ।   

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुन् । उनी सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन्। मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउथे। त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । अभियन्ता पृष्ठभूमिका गुप्ता कार्की नेतृत्वको अन्तरिम सरकारले नियुक्त गरेको सबैभन्दा कान्छो मन्त्री बनेका छन् ।

विभिन्न सामाजिक आन्दोलनको नेतृत्व गर्दै आएका गुप्ता सिराहा निवासी हुन् । नागरिकता अनुसार उनको जन्ममिति २०५४ फागुन २५ गते हो । यस आधारमा उनी २८ वर्षकै उमेरमा संघीय मन्त्री बनेका छन् ।

गुप्ता निकटहरूले उनी शालिन, विनम्र र दयालु स्वभावका रहेको बताउँछन् । सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका उनी विशेषगरी युवाहरूको राजनीतिक चेतना र पारदर्शी शासनका पक्षधर मानिन्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार