बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

भारतीय ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुईजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
हेटौंडा, कात्तिक १० :

मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार बालकसहित दुई जना घाइते भएका छन् ।

बुलेटको ठक्करवाट  सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय स्कुटर चालक केदार श्रेष्ठको मृत्यु भएको छ । घाइते हुनेमा स्कुटरमा सवार उनकी २८ वर्षीया पत्नी सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ रहेका छन् ।

उनीहरुको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सरस्वतीको अवस्था गम्भिर रहेको र छोरा प्रविनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ दम्पती र छोरा चितवनवाट हेटौंडातर्फ स्कुटरमा आउँदै थिए । ग्यास बुलेट चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार