मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र सेयर बजार

नेप्सेमा आज उच्च रकमको कारोबार

· बुधबार, १७ साउन, २०८१ मा प्रकाशित
Nepse

काठमाडौँ, साउन १६ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।

नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको रु ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार