शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

कांग्रेस नेता पराजुलीले गरे २८ औं दण्ड प्रणाम यात्रा

करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेस नेता पराजुलीले गरे २८ औं दण्ड प्रणाम यात्रा
विराटनगर, कात्तिक १० :

कोसी प्रदेशसभा सदस्य भीम पराजुलीले यस बर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । 

पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र समृद्धिको लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।

नेपालले पुनः वैदिक सनातन हिन्दु राष्ट्रको स्वरुप प्राप्त गरोस् भन्ने भावनासहित पूजा गर्दै आएको उनले बताए। 

विगत ३५ वर्षदेखि लगातार छठ पर्वका अवसरमा दण्डवत पूजा गर्दै आएका पराजुलीले यस वर्ष २८ औँ पटक घस्रिंदै छठ पूजा गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार