काठमाडौं, कात्तिक ११ :

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । सचिव अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रपतिको कार्यालयबाट जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएका हुन् । अर्याल २०८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका थिए ।