बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

बालुवाटार बाहिर घाइते जेनजीहरूको नाराबाजी

भन्छन्- हाम्रो पनि प्रतिनिधित्व होस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
बालुवाटार बाहिर घाइते जेनजीहरूको नाराबाजी
काठमाडौं, कात्तिक १२ :

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र राजनीतिक दलबीच छलफल चलिरहेकै बेला बाहिर एक समूहले नाराबाजी गरेका छन्। आफूलाई घाइतेहरूको एकीकृत समूह बताउने जेनजीहरूले सरकारको जवाफदेहीता माग्दै प्रदर्शन गरेका हुन्।

उक्त समूहका सदस्य रुपिन खड्काका अनुसार छलफलमा वास्तविक घाइतेहरूको प्रतिनिधि समावेश नगरिएकाले उनीहरूले विरोधस्वरूप बालुवाटार पुगेका हुन्। ‘हामी वास्तविक घाइतेहरू त्यहाँ छैनौं, उनले भने, ‘त्यसैले सरकारसँग जवाफ माग्न हामी आएको हौं ।’

‘घाइतेको समूह’ घोषणा गरी अघि बढ्ने योजना रहेको खड्काले जानकारी दिए। उक्त समूहले यसअघि पनि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरी घाइतेहरूको माग राख्दै आएको छ।

‘हामीसँग पटक–पटक छलफल गरेर माग सुन्ने गरिएको छ, तर यसपटक छलफलका लागि नामसम्म मागिएन। वास्तविक घाइतेहरूलाई पन्छाएर छलफल गर्नु हेपाइ हो,’ खड्काले असन्तुष्टि जनाए।उनका अनुसार, समूहले आगामी दिनमा पनि ‘वास्तविक घाइतेहरूको आवाज सशक्त रूपमा उठाउने’ चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार