बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार खेलकुद फुटबल

पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन

नेपाली फुटबलको दिर्घकालीन विकासका लागि कार्यदल गठन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन
काठमाडौं, कात्तिक १३ :

नेपाली फुटबलको दिर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटबलको दिर्घकालीन बिकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए ।

त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लवहरु तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरु तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए । ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भएपनि मन्त्रालयबाट ४० लाख मात्रै बिनियोजन गर्दा समस्या भएको उनले बताए। उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता आएको बताए ।

त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लवका प्रतिनिधिहरुले आफूहरु खेलका लागि तयार रहेपनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए । अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरुले जनाएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार