बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

रेशम चौधरीले खोले नयाँ दल, दर्ताका लागि दिए आयोगमा निवेदन

अध्यक्षमा कबीर सोप रहने र चुनाव चिन्ह ‘जाँतो’माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
रेशम चौधरीले खोले नयाँ दल, दर्ताका लागि दिए आयोगमा निवेदन
काठमाडौं, कात्तिक १३ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार चौधरी नेतृत्वको समूहले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक दल दर्ताका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा निवेदन दिएको हो ।

चौधरीसहित पूर्वमन्त्री अब्दुल खानलगायतका नेताहरू एउटै पोसाकमा सजिएर आयोग पुगेका थिए । नयाँ दलको अध्यक्षमा कबीर सोप रहने र चुनाव चिन्ह ‘जाँतो’ माग गरिएको बताइएको छ ।

नेताहरूका अनुसार नयाँ दलमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी दुवैका असन्तुष्ट नेताहरू सहभागी हुनेछन् । जनमत पार्टीबाट मन्त्रीसमेत भएका अब्दुल खानले करिब एक महिनाअघि पार्टी छोडेका थिए ।

श्रीमतीसँगको आन्तरिक विवादपछि चौधरीले विगत एक वर्षदेखि नाउपाबाट अलग हुने तयारी गरे पनि जेनजी आन्दोलनपछि औपचारिक रूपमा पार्टी त्यागेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार