बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन #मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन
राजनीति भिडियो

माओवादीको निर्णय : कार्तिक २० गते संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुङ्गो लगाउने

एकताप्रति असन्तुष्ट जनार्दन शर्मा बैठकमा गएनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
माओवादीको निर्णय : कार्तिक २० गते संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुङ्गो लगाउने
काठमाडौं, कात्तिक १६ :

नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसंग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो । त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक बिषयका साथै समायोजन, नीतिगत बैचारिक बिषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने बिषयमा बढि छलफल भएको उनले बताए ।

सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत बामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे।

उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चूनावमात्रै एकमात्रै बिकल्प भएकाले त्यसमा आफुहरुको ध्यान केन्द्रीत रहेको उल्लेख गरे।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ  भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राखिने छ । 

माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो । 

एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् ।  फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

पार्टी एकताको विरोध गर्दै आएका नेता जनार्दन शर्मा भने आजको बैठकमा सहभागी भएनन् । उनले माओवादी पार्टी पुनर्गठन गर्ने तयारी गरेका छन् । अहिले हुन लागेको एकता प्रक्रियाप्रति  उनले असन्तुष्टि जनाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार